logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनकै सरकार बन्छ, सरकारको नेतृत्वका बारेमा सल्लाह गर्छाै : अध्यक्ष प्रचण्ड

    गठबन्धनकै सरकार बन्छ, सरकारको नेतृत्वका बारेमा सल्लाह गर्छाै : अध्यक्ष प्रचण्ड

    2.2K
    Shares
    गठबन्धनकै सरकार बन्छ, सरकारको नेतृत्वका बारेमा सल्लाह गर्छाै : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् । अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए ।

    बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उहाँले सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने बताए । अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाई थियो ।

    अध्यक्ष दाहालले भने, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अव सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढछ । अव सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’

    अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिनु भएको छ भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहनु भएको छ । यता, प्रतिनिधिसभामा तेस्रो हेसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्रीको दावी स्वभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । अध्यक्ष दाहालले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend