logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भुमिका खेल्छु : सांंसद भण्डारी

    भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भुमिका खेल्छु : सांंसद भण्डारी

    1.5K
    Shares
    भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भुमिका खेल्छु : सांंसद भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भुमिका खेल्ने बताएका छन् । बिहीवार संघीय संसद भवन परिसरमा शपथग्रहण प्रश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भुमिका खेल्ने बताएका हुन् ।

    उनले नेपाली युवाहरु विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बतताए । सांंसद भण्डारीले विदेशमा रहेको युवाहरुलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताए । उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रुपमा सुधार गर्ने भुमिका खेल्ने पनि बताए ।

    उनले भने,‘ नयाँ सांसदहरुले भष्टाचार नियन्त्रण गर्नको निम्ति कानूनहरु कडा बनाउन भुमिका खेल्नुपर्छ । पछिल्लो समय नेपाल युवा युवतीबिहीन हुँदैछन् । विदेशीमा रहेको युवाहरुलाई कसरी नेपालमा ल्याउने तथा उनीहरुले आर्जन गरेको पुँजीलाई सम्मानजनक रुपमा नेपालमा भित्र्याउने काम गर्नुपर्छ । अहिले मुलुकले विदेशबाट ऋण लिइरहेको छ । व्यापार घाटा व्यहोरीरहेका छौं । स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने बिरामी हुँदा उपचार गर्न नसक्ने अवस्थामा छौं । जटिल प्रकारकार रोगको उपचार गर्नको लागि सरकारले जिम्मा लिनुपर्छ । अहिलेको प्रविधिसँग नेपालको शिक्षा क्षेत्र जोडिन सकेको छैन । त्यसलाई जोड्न नीतिगत निर्णहरु गर्नु जरुरी छ । कृषि क्षेत्रमा धेरै समस्या रहेको छ त्यो विषयमा संसदमा आवाज उठाउँछौं ।’

    उनले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजिकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताए । उनल पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा,कृषि क्षेत्रका समस्या नीतिगत रुपमा समाधानको लागि आवाज उठाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend