logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

    बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

    2.4K
    Shares
    बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका ब्ँंग्ँल्ँँदेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।

    नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्ष्ँेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भन्नुभयोे, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ, ।’

    बंगलादेशमा सडक सञ्ज्ाँलसंगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्वन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बंगलादेशसंग नेपालको व्यापारघाटा उच्च रहेको सन्र्दभमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालले ऊर्जा व्यापार मार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गरे ।

    बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन ।

    चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसंग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

    बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । हवाईसंगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उहा“ले जोड दिए । नेपालमा ऊर्जा, पर्यटन क्ष्ँेत्रमा लगानीका लागि आफुहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend