logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहरी विकास मन्त्रीको निर्देशन पछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

    सहरी विकास मन्त्रीको निर्देशन पछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

    2.3K
    Shares
    सहरी विकास मन्त्रीको निर्देशन पछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

    काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ । ‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभए बमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ ।’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन् ।

    नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमणका क्रममा निर्देशन दिएका थिए ।

    ‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबि खोला करिडोरमा बाँकी रहेको काम पुरा हुँदैछ । जस अन्तर्गत १.५ कि.मी.बाटोमा ओभर लेयिङ् र केही मर्मतका काम हुँदैछ । रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउने देखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेका छन् ।’ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदिश लामिछानेले बताए ।

    गत वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा रहेको समेत जिल्ला आयुक्त लामिछानेले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend