शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आराम गर्दै आएका विप्लव नेता पक्राउ

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आराम गर्दै आएका विप्लव नेता पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी चितवनबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीले भरतपुरस्थित आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उनी पूर्व केन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्वनिर्देशक थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी घरमा नै आराम गरिरहेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend