चितवन । सडक डिभिजन कार्यालय भरतपुरले शनिबार पनि नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।
शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो ।
सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।