काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्। आज (शनिबार) खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले यस्तो आग्रह गरेका हुन्।
नेता पौडेलले खुमलटार पुगेर प्रचण्डसँग सत्ता गठबन्धन जोगाउन आगञ्ह गरेको बताए । उनले भने ‘मैले खुमलटार पुगेर सत्ता गठबन्धन जोगाओैं भनेँ। उहाँले कांग्रेस इमान्दार हुनुपर्ने बताउनुभयो,’ ।
प्रचण्डसँग छलफलपछि पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए।