logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

    2.4K
    Shares
    उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

    एजेन्सी । नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

    स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस०ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ ।

    सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ ।

    जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको विश्वास गरेको बताएको छ ।

    नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ ।

    सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको शुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो ।

    दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन । उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend