logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काभा यु–२३ भलिबल प्रतियोगिता : नेपालको लगातार तेस्रो हार

    काभा यु–२३ भलिबल प्रतियोगिता : नेपालको लगातार तेस्रो हार

    4K
    Shares
    काभा यु–२३ भलिबल प्रतियोगिता : नेपालको लगातार तेस्रो हार

    काठमाडौं । काभा यु–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ ले पराजित भएको हो।

    पहिलो सेटमा नेपाल २५–१६ ले पराजित भयो। दोस्रो सेटमा नेपालले २५–२३ ले जित निकाल्यो। तेस्रो सेटमा नेपाल २५–१७ ले पराजित भयो।

    चौथो सेटमा नेपालले किर्गिस्तानलाई २५–१९ ले पराजित गर्यो। पाँचौँ सेटमा नेपाल १५–६ ले पराजित भयो।

    यसअघि, नेपाल बङ्गलादेशसँग र श्रीलंकासँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, बङ्गलादेश, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend