logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्यमा सामान्य वृद्धि, आज तोलाको कति ?

    सुनको मूल्यमा सामान्य वृद्धि, आज तोलाको कति ?

    1.8K
    Shares
    सुनको मूल्यमा सामान्य वृद्धि, आज तोलाको कति ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै तोलामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ थियो ।

    त्यसअघि, विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १००० रुपैयाँ थियो । शुक्रबार एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर बसेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend