logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

    मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

    3.8K
    Shares
    मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

    जनकपुरधाम । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले जनाएको छ ।

    मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए । “दलहरुसँगको समन्वयमा बैठक बस्दैछ”, सचिव यादवले भने, “त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।”

    नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्नेछ । त्यसैगरी संविधानको धारा १८३(१)बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।

    निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend