logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री

    पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री

    4.2K
    Shares
    पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री

    काठमाडौँ – एमाले लगायतका दलको बालकोटमा जारी बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।

    नयाँ सत्ता समिकरण गर्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी एमाले नेता बिष्णु पौडेलले सुनौलो नेपाललाई जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend