शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रपतिका विषयमा सरकार बनेपछि छलफल गर्छौं : शंकर पोखरेल

राष्ट्रपतिका विषयमा सरकार बनेपछि छलफल गर्छौं : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सरकार गठन पछि मात्र राष्ट्रपति र सभामुख लगायतका पद भागवण्डाका विषयमा छलफल गर्ने बताएका छन् । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरे लगत्तै पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।

एमाले महासचिव पोखरेलले भने, ‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा छलफल हुन्छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend