काठमाडौं । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसमक्ष १६९ सांसदको समर्थन रहेको दाबी पेस गरेका छन् ।
उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । यसैगरी प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारीमा हस्ताक्षर गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका हुन् ।