logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

    2.3K
    Shares
    प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

    काठमाडौं । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसमक्ष १६९ सांसदको समर्थन रहेको दाबी पेस गरेका छन् ।

    उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

    संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् ।  यसैगरी प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारीमा हस्ताक्षर गरेका छन् ।

    संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend