काठमाडौं । प्रहरीले नक्कली नेपाली रुपैयाँसहित कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय लाल बहादुर साउद छन् ।
धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चुरे गाउँपालिका–६ घर भएका साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।