मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगे बानेश्वर

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगे बानेश्वर

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवन नयाँबानेश्वर पुगेका छन् ।

बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी रहेकोले केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ ।

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन डा. बाबुराम भट्टराई पनि पुगेका छन् ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend