काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । पत्रकारसंग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।
उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’