logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छ : मन्त्री कुँवर

    नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छ : मन्त्री कुँवर

    1.3K
    Shares
    नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छ : मन्त्री कुँवर

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका हुन् । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उनले नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताए । उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्नसकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए । उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमीकहरु नहुनु दुःखद् भएको बताए । उनले नयाँ सरकार गठनको प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

    उनले भने, ‘सबैभन्दा चुनौतिको विषय यो मन्त्रालयको रोजगारी सिर्जना गर्ने हो । वैदेशिक रोजगारी भन्छौँ अहिले रमाएका छौँ । रेमिट्यान्समा रमाएका छौँ । त्यो स्थिति नरहन सक्छ । किनभने कर्मचारीतन्त्रले अब अलि टाढा पनि हेर्नुपर्छ । नजिक होइन, धेरै दूरदृष्टि राख्नुपर्छ । हाम्रो देशमा रोजगारी सिर्जना कसरी गर्ने पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्न सकिन्छ । सामाजिक सुरक्षा कोषको दायरालाई बढाउने हो भने त्यहाँबाट पनि रोजगारी सिर्जना हुन्छ । रोजगारी सिर्जना भएका ठाउँमा हाम्रा श्रमीकहरु छैनन् यो दुःखको कुरा हो । हाम्रो देशमा कसरी रोजगारी सिर्जना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । यो मन्त्रालय अहिले सकारात्मक ढंगले अघि बढेको छ । अहिले जुन बेला पनि चर्चाको विषय बनेको छ । हामी जस्ता सोझासाझा मानिसलाई निर्वाचन गाह्रो छ, यो यसपालि मैले सिकेको कुरा हो । त्यसैले देशमा राजनीतिक उत्ताचढाव आइरहन्छ । अहिले नयाँ सरकार कमरेड प्रचण्डको नेतृत्वमा बन्दैछ । यसलाई स्वभाविक ढंगले लिनुपर्छ ।’

    वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढीरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे । उनले आफू मन्त्रालयबाट बिदा भएको भएपनि सिंहदरबार र संसदबाट टाढा नरहने बताए । उनले मन्त्री क्वार्टर पनि आफूले छोडिसकेको जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend