logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

    जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

    3.9K
    Shares
    जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

    एजेन्सी । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात भएको छ ।

    भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।

    सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएका छन् ।

    राष्ट्रिय टेलिभिजन प्रसारक ९एनएचके०का अनुसार मृतकमध्ये हिउँ सफा गर्ने क्रममा छतबाट खसेका एक पुरुष र कारमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण मृत फेला परेकी एक महिला पनि रहेका छन् ।

    होक्काइदोमा हिउँका कारण हालैका दिनहरूमा दशौँ हजार घरहरूमा विद्युतका लाइनहरू ढलेका छन्, यद्यपि अधिकांश जडानहरू अहिले पुन ः स््थापित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend