logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्छु : गृहमन्त्री लामिछाने

    क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्छु : गृहमन्त्री लामिछाने

    2.4K
    Shares
    क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्छु : गृहमन्त्री लामिछाने

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सोमबार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गरेका हुन् ।

    उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पारे । विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गरे । उनले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो¥याए ।

    उपप्रधानमन्त्री लामिछानेले भने, ‘हामी यो भन्दा अघि पनि खवरदारी गर्ने काममा नै थियौं । सत्ता भित्र बसेर पनि संसदमा पनि, क्याविनेट भित्र पनि एउटा प्रतिपक्षको आवश्यक्ता पर्दछ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँकर्त आम जनताको पीरमर्का नबुझने अथवा त्यहाँ कुनै गलत काम हुन्छ कि भनेर त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँ भित्र पनि एउटा प्रतिपक्षको भूमिका हुन्छ । यो मैले सबै दलका शिर्षस्थ नेताज्यूहरुसँग कन्भर्म गरेर मात्रै हाम्रो दल सरकारमा सहभागी भएको हो । त्यसकारणले सरकारले गरेको कुरामा हो मा हो । हामीले गरेको कुरामा हो मा हो । क्याविनेट मिनिष्टरहरुले जे निर्णय गरेँ, त्यसमा हो मा हो भन्न हामी सरकारमा सहभागी भएका होइनौं । आम जनताको मुद्दामा हामीले बाचापत्र मार्फत लेखेर बाचा गरेका छौं । ती बाचारहरु पूरा गर्ने सामूहिक प्रतिवद्धता हामी केही दिनमै सार्वजनिक पनि गर्छौं । त्यो प्रतिवद्धताका लागि साझा नीति, कार्यक्रम बनाएर अगाडि बढने सम्झौता गरेर हामी यो सरकारमा आएका हौं । पदका लागि अथवा मन्त्री पद बाँडफाँडका लागि आएका होइनौं । हामी एजेन्डासहित आएका छौं । जुन केहीदिनमा सार्वजनिक हुन्छ । सम्पूर्ण दलहरु बसेर हामी सार्वजनिक गर्छौं ।’

    उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।

    यस अघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा भव्य स्वागत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend