logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

    कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

    2.2K
    Shares
    कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ ।

    मर्जर सम्झौताअनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात ९स्वाप रेसियो० एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुनेछैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको कामाडौँ महानगरपालिका–२ स्थित टङ्गालमा रहनेछ ।

    एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend