logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

    गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

    2.3K
    Shares
    गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

    कास्की । गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ ।

    संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए ।

    यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ ।

    -न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend