logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रत्नराज्य क्याम्पसमा झडपः ४ जना विद्यार्थी नेता घाइते

    रत्नराज्य क्याम्पसमा झडपः ४ जना विद्यार्थी नेता घाइते

    2.3K
    Shares
    रत्नराज्य क्याम्पसमा झडपः ४ जना विद्यार्थी नेता घाइते

    काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा ३ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियूका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।

    रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले बताए । उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताउनु भयो । घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए ।

    उनले भने, ‘आरआर क्याम्पस अनेरास्ववियूको अध्यक्ष मदन भण्डारीको खुकुरी हानेर गभीर अवस्था छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगर लगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नु हुँदैन । उनीहरुलाई पढीरहेका छन् भने निलम्वन गर्ने, छैनन् भनेपनि कारबाही गर्नेकुरा अघि बढाउने छौँ । ४ जना समातिएको छ, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्समा छैनन्, कुनै कमिटीमा छैनन् ।’

    सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए । उनले आरआरमा खुकरी प्रहार गर्नेहरु रहेको खण्डमा निलम्व गर्ने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend