काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ ।
बुधबार महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई पत्र लेख्दै थापाथलीस्थित वागमती किनारका अव्यवस्थित र अनाधिकृत संरचना हटाइ त्यहाँको सौन्दर्यीकरणका लागि आवश्यक सहयोग माग गरिएको हो ।
पत्रमा भनिएको छ, ‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन । थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’