logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल पनि उच्च जोखिममा

    भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल पनि उच्च जोखिममा

    1.5K
    Shares
    भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल पनि उच्च जोखिममा

    काठमाडौँ । भारत र चीनमा नयाँ भेरियन्ट विएफ ७ देखिएकाले नेपाल पनि उच्च जोखिममा रहेको छ । नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन तर पनि छिमेकी देशमा फैलिएकाले नेपाल उच्च जोखिममा परेको हो ।

    नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

    त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।

    उनले त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।

    नेपालमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएको छ । तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend