logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्य फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको मूल्य फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ?

    1.9K
    Shares
    सुनको मूल्य फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो साता मूल्यमा भएको उतारचढावका बीच शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

    बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने मूल्य बढेर तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

    यसैगरी आज तेजावी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend