logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई २० लाख दाबी भुक्तानी

    प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई २० लाख दाबी भुक्तानी

    4.6K
    Shares
    प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई २० लाख दाबी भुक्तानी

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो ।

    पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माकी श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरेको थियो ।

    प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन् । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे ।

    जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने उनको भनाइ थियो । भट्टराईले भने ‘यसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं ।’ दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend