काठमाडौं । सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन् ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनेबारे छलफल गरेका हुन् ।
सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाटै पास लिनुपर्ने व्यवस्थाका कारण आम नागरिकले हरेक दिनजसो सास्ति भोग्दै आएका छन्।