logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

    कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

    1.8K
    Shares
    कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

    कैलाली । कैलालीमा हायस गाडी दुर्घटना भएको छ । जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् ।

    गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नं १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend