मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मेक्सिकोको बस दुर्घटनामा १५ जनाको मृत्यु

मेक्सिकोको बस दुर्घटनामा १५ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा उक्त दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भने थप एक दर्जन घाइते भएका छन्,” नायरिट राज्यको स्थानीइ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ४८ जना यात्रु सवार थिए ।

अधिकारीहरूले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा बस सडक छेउमा पल्टिएको देखिएको छ । अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend