logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • २४ घण्टामा ५ जना संक्रमित थपिए, ४ जना निको

    २४ घण्टामा ५ जना संक्रमित थपिए, ४ जना निको

    2.3K
    Shares
    २४ घण्टामा ५ जना संक्रमित थपिए, ४ जना निको

    काठमाडौं । नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १६९ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएन ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

    यो अवधिमा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ९५१ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend