logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन

    सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन

    1.9K
    Shares
    सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन

    धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

    आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

    आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए ।

    ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामी आकांक्षी रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend