logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशन विराटनगरमा हुने

    नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशन विराटनगरमा हुने

    6.7K
    Shares
    नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशन विराटनगरमा हुने

    विराटनगर । नेकपा एमालेको जनवर्गीय सङ्गठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतले महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुहुँदै महाधिवेशनको तयारी सुरु भएको जानकारी दिए ।

    उनले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए ।

    अध्यक्ष बस्नेतले महाधिवेशनको उद्घाटन १० हजारभन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजारभन्दा बढीको सहभागिता हुने जानकारी दिए ।

    खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासङ्घले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।

    यसैबिच महाधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि नेकपा एमाले मोरङले समेत सहयोग गर्ने निर्णय गरेको छ । बुधवार बसेको पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकले महाधिवेशनलाई भव्य बनाउन सहयोग गर्ने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend