logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा अत्याधुनिक प्रविधि तथा थप बैंकिङ्गसुविधा सहित सञ्चालनमा

    प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा अत्याधुनिक प्रविधि तथा थप बैंकिङ्गसुविधा सहित सञ्चालनमा

    7K
    Shares
    प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा अत्याधुनिक प्रविधि तथा थप बैंकिङ्गसुविधा सहित सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले साविकमा सञ्चालन गरिरहेको Prabhu Mobile Bankng  सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ्ग सुविधा सहित Digi Prabhu नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

    बैंकले मिति २०७९/०९/१६ गतेदेखि सञ्चालनमा ल्याएको Digi Prabhu मार्फत् प्रभु बैंक लि. का ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सकिनेछ । उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक/अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले Apple Store वा Google Play Store बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । आधुनिक र नविनतम् प्रविधि प्रयोग गरेर बनाइएको मोबाईल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com को माध्यमबाट समेत प्रयोग गर्न सकिनेछ । यस मार्फत् ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन सक्नेछ ।

    १. पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सकिने ।
    २. मोबाईल बैंकिङ्गमा भएको Cardless सुविधा प्रयोग गरी ATM को माध्यमबाट नगद झिक्न सकिने ।
    ३. बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने ।
    ४. बैंकका कर्मचारीहरुसँग भेटने समय सुनिश्चित गर्न सकिने ।
    ५. eVoucher को माध्यमबाट नगद निक्षेप गर्न सकिने ।
    ६. eCash को माध्यमबाट प्रभु बै‌ँकमा खाता नभएका ग्राहकहरुले समेत मोबाईलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिने ।
    ७. फोन पे तथा नेपाल पे क्यूआरमा स्क्यान गरि क्यूआर कोडमा आधारित सरल भुक्तानी गर्न सकिने ।

    उपरोक्त बैंकिङ्ग सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत QR कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सकिनेछ ।

    डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज रुपमा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

    ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ् सेवाहरु जस्तै अनलाईनबाट बचत तथा मुद्दती खाता खोल्न सकिने, विना कुनै झञ्झट फोनलोन सेवाको उपभोग गर्न सकिने जस्ता सुविधाहरु पनि आफ्ना ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आईरहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटिएम, ६३ वटा एक्स्टेन्सन काउण्टर तथा ७०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय एवं प्रविधिमैत्री बैँकिङ् सेवा प्रदान गर्दै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend