दाङ । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी र उप नेतामा चेतनाराण आचार्य चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरी र आचार्यलाई दलको नेता/उपनेता चयन गरेको हो ।
रुपन्देहीको क्षेत्र नम्बर २ (१) बाट लुम्बिनी प्रदेशसभामा दोस्रो पटक निर्वाचित गिरीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए। उनी एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज हुन् ।
यसैगरी आचार्य अर्घाखाँचीको प्रदेश सभा (१)बाट निर्वाचित सांसद हुन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए । संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए ।