आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक सोमबार

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक सोमबार (भोली) ११ बजे बस्ने भएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको हो ।

पोलिट्ब्यूरो बैठकमा प्रचण्ड सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल हुने बताइएको छ ।

दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend