logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • झलनाथ खनाल भन्छन्- ‘वर्तमान सत्तागठबन्धन खिचडीजस्तो’

    झलनाथ खनाल भन्छन्- ‘वर्तमान सत्तागठबन्धन खिचडीजस्तो’

    2.6K
    Shares
    झलनाथ खनाल भन्छन्- ‘वर्तमान सत्तागठबन्धन खिचडीजस्तो’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको जानकारी दिए ।

    उनले अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको बताए । नेकपा एमालेप्रति लक्षित गर्दै उनले सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए ।

    उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’ सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend