logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रयोजन विपरीत पावर टेलर चलाउने ४१ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    प्रयोजन विपरीत पावर टेलर चलाउने ४१ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    2.5K
    Shares
    प्रयोजन विपरीत पावर टेलर चलाउने ४१ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा आइतबार गरीएको विशेष चेकिङमा प्रयोजन विपरीत चलाएका ४१ ओटा पावर टेलरका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    कृषी प्रयोजनमा दर्ता भएका पावर टेलरलाई अन्य प्रयोजनमा चलाइएको र ग्रामिण सडकमा चलाउने पावर टेलर हाइवेमा समेत चलाएको पाइएपछि ट्राफिक प्रहरीले आज विशेष चेकिङ गरेको थियो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ (१) मा कुनै एक प्रयोजनका निम्ती दर्ता भएका सवारी अर्का प्रयोजनका निम्ती प्रयोग गर्न नपाईने उल्लेख भए अनुसार प्रयोजन विपरीत संचालन गरीएको पावर टेलरका चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    त्यस्तै, हर्न बजाउने १०३ ओटा सवारी साधनका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । शहरी क्षेत्रमा ठुलो आवाजमा हर्न बजाउदा वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने र ध्वनी प्रदुषण हुने हुँदा अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गरेका छन् ।

    काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गते देखि नै हर्न निषेध गरीएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend