logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश पेश

    गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश पेश

    3.7K
    Shares
    गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश पेश

    गण्डकी । गण्डकी प्रदेशसभाको आज बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ ।

    बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तुत गरे ।

    बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो । अर्को बैठक पुस २९ गते दिनको १ बजेका लागि डाकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend