logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    3K
    Shares
    राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

    उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाई छ ।

    उनले भने– ‘यहाँ जो राष्ट्रिय सहमतिको कुरा आइराख्छ नि बेला बेलामा । यो बेला हो कि । आज यो देशमा के भइराखेको छ, एकातिर अर्थतन्त्रको यत्रो खतरनाक अवस्थामा छ भन्ने छ । विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । अर्कोतर्फ चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दै घुम्दै इण्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ । यहाँ राजनीतिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक, मानविय समस्याहरुले हामीलाई घेरिरहेका छन् । यो घेरिरहेको बेलामा हामीले आफ्नो लागि उपयुक्त बाँच्ने उपाय के हो त ? मलाई अझैपनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजि गरौँ । अझैपनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा ।

    ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि ? म यहाँ बाहिर भएर यो भनिरहेको छैन । तपाईहरु विचार गर्नुहोला भोलि । म जहाँ भएपनि म एउटा नेपाली भएर भनिरहेको छु । अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ । यो मेरो भित्र दिलले देखाएको बाटो । एउटा उपाय बाँच्ने बाटो । यो मलाई लागिरहेको छ । नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ ।’

    वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरुले गरेको हिसावकितावले काम नगरेको बताए । उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए । देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको उनले बताए ।

    उनले भने– ‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ । हाम्रो हिसावकितावले यहाँ काम गरेकै छैन । कुन हिसावकितावले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्कोथोक भइराखेको हुन्छ । काँग्रेसले माओवादीलाई हँसियाहथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नो विपरित सिद्धान्तलाई पनि अंगिकार गरेर चुनाव सम्पन्न भयो । लगभग गठबन्धन बहुमतमा आयो पनि । दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो । त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो । यसलाई मैले के रुपमा भनेको छु भने फेरि देशको लागि दुर्भाग्य । अस्थिरताको श्रृङ्खला यो मुलुकमा अत्यन्त तिब्रतासाथ अगाडी बढ्यो । यसले फेरी राष्ट्रलाई गरिखान दिँदैन । हामीले विकास गर्नलाई यहाँ बसेर फेरि नपाउनेतिर जान लागेको मलाई चिन्ता भएको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend