logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

    पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

    1.8K
    Shares
    पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

    काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।

    पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

    कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
    दुई थान अक्सिजन कन्सनट्रेटर, १–२ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।

    कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘‘सञ्जीवनी इनिसिएटिभ” कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend