शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

देशको वर्तमान अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

देशको वर्तमान अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन मङ्गलबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री दाहालले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग अर्थतन्त्रको अवस्थाबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend