logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

    रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

    4.2K
    Shares
    रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

    रामेछाप । यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

    प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।

    प्रतियोगितामा प्रथम हुने टोलीले रु दुई लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः रु एक लाख, रु ५० हजार र रु ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend