logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव पर्‍यो, यो गृह मन्त्रालयको लागि चुनौतिको विषय हो : गृहमन्त्री लामिछाने

    कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव पर्‍यो, यो गृह मन्त्रालयको लागि चुनौतिको विषय हो : गृहमन्त्री लामिछाने

    1.4K
    Shares
    कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव पर्‍यो, यो गृह मन्त्रालयको लागि चुनौतिको विषय हो : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताए । बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

    उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए । उनले कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिए । उनले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताए । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

    उनले भने,‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्युले ठूलो रकम देखाउनुभएको छ । आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन् । निर्धक हुनुस् । हिजोको जस्तो अवस्था रहँदैन । सुरक्षा निकाय अहिले जुन पूर्वाधार र मनोवलमा कमी छ । हामीले मोटिभेट गर्नसकेका छैनौं । यहाँ भित्र पनि चलखेल र राजनीतिक दबाब धेरै भएको हुनाले त्यहाँ हामीले राजनीतिक हस्तक्षेप गर्दैनौं भनेका छौं । प्रमुख जिल्ला अधिकारीहरुलाई कुनैपनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनैपनि राजनीतिक दलहरुको दबाब आए कारबाही पर्नेछन् ।

    त्यस्तो रेकर्ड भयो भने कसैले फोन गरेर यो मान्छे,सामान छुटाइदिनुस् भन्यो भने त्यसलाई कारबाही गर्ने कानूनी प्रावधान रहेको छ । यहाँहरु पनि सचेत हुनुहोला । कानून उल्लंगन हुने कालोबजारीलाई नियन्त्रण गर्ने विषयमा चासो नराख्दा कार्यसम्पादन गर्न सहज हुन्छ । राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा अवस्था अध्ययन भइरहेको छ । अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहाँ छैन । तर हाम्रो तर्फबाट तपाईहरुलाई रेर्ड कार्पेट छ । उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनैपनि कामले चुक्दैनौं । सरकारले एउटा स्पेशल युनिट खडा हुन्छ । मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि,व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो ।

    अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय,कार्यालय हाकिम र राजनीतिज्ञहरुकामा गएर समय खेर फाल्नु पर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनु होला । उद्योगी व्यवसायीहरुले पैसा कमाउनु अपराध गर्नु जस्तो व्याख्या छ त्यसलाई हामीले अन्त्य गर्छौं । उद्योगी व्यवसायीहरुले पैसा कमाउनुपर्छ कमाउनुस् । स्वच्छ प्रतिष्पर्धा गरेर व्यवसायीहरुको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो । त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ । अहिले ठूलो फोहोर रहेको छ । त्यो ड्यामेज भएर बसेको छ । त्यो फोहोर सफा गर्न समय लाग्नसक्छ । सफा गर्दा अलि दुर्गन्ध बढी आउनसक्छ । त्यसको लागि उद्योगी व्यवसायीहरु तयार हुनुहोला । अरु मलाई कसैलाई जोगाउनु पनि छैन । कसैलाई फसाउनु पनि छैन । म कानूनीको परिधि भित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend