logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेले दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

    सन्दीप लामिछानेले दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

    2.5K
    Shares
    सन्दीप लामिछानेले दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ ।

    जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ । उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend