logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री लामिछाने

    न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री लामिछाने

    1.7K
    Shares
    न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् । बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् । उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने बताए ।

    उनले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए । उनले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको बताए । उनले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । उनले सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्युनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए । उनले सरकारले आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले त्यो विषयमा पनि विवाद भयो भने त राजनीतिक दल हुन नसक्ने धारणा राखे ।

    उनले भने,‘ प्रधानमन्त्रीले अहिलेको सरकार जनमत अनुसारको सरकार बनेको बताउनुभएको छ । जनताले जसरी मत दिनुभएको छ । त्यो मत अनुसार सरकार बनेको हुनाले त्यसको लागि न्युनतम साझा कार्यक्रम समावेश हुन्छ । आम नागरिकलाई सेवा दिनको निम्ति बनेकाले न्युनतम साझा कार्यक्रममा एक रुपकता ल्याउनका लागि एक ठाउँमा उभिनको लागि पार्टिको विचार सिद्धान्त भन्दा पर गएर कार्यक्रममा त्यस्ता चिज समावेश गरौं । ती कार्यक्रमहरुले आम जनतालाई प्रत्यक्ष रुपमा सरोकार राख्छ । राजनीतिक दलहरुको विचारको विभेदलाई पन्छाएर जनमतलाई कदर गरेका छौं । जसरी जनमत आयो त्यसरी काम गर्नुपर्ने अवस्था आयो । त्यही अनुसार काम गर्छ । साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । साझा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई सरकारले परिपूर्ति गर्नेगरी ठोस योजनाकासाथ अगाडि बढ्छौं । आम नागरिकका समस्या समाधान गर्ने र भ्रष्टाचार गर्ने विषयमा राजनीतिक दलमा विवाद गरे त्यो राजनीतिक दल नै भएन । त्यसमा हामी सहमत छौं । अहिलेसम्म सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने भएको छ ।’

    उनले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा सबै दल सहमत रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend