logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि

    सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि

    2.5K
    Shares
    सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि

    काठमाडौं । ललितपुर टेबलटेनिस क्लवको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ ।

    बिहीवार ललितपुर टेबलटेनिस क्लवले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो । प्रतियोगिता आयोजनाका लागि बिहीवार आयोजक ललितपुर टेबलटेनिस क्लव र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो ।

    यससँगै सम्झनाले प्रायोजना पाँचौपल्ट गर्न लागेको हो । सम्झौता ललितपुर टेबलटेनिस क्लवका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो ।

    सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपैयाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले व्यहोर्ने बताइएको छ । प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इङ्गल्याण्ड, दक्षिण कोरियाका करिव पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    प्रतियोगितमा पुरुष÷महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात विधामा खेल हुनेछ । एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेश्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । प्रतियोगितको कुल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend