logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    2.1K
    Shares
    सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर उकालो लागेको सुनको भाउ आज शुक्रबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

    बिहीबार छापावाल सुनको भाउ एक लाख तीन हजार एक सय रुपैयाँ र तेजावी सुनको भाउ एक लाख दुई हजार ६ सय रुपैयाँ रहेको थियो । आज भने घटेर छापावाल सुन एक लाख दुई हजार तीन सय रुपैयाँ र तेजावी सुन एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ ।

    यता, चाँदीको भाउमा भने आज पनि गिरावट आएको महासङ्घले जनाएको छ । बिहीबार घटेर प्रतितोला एक हजार ८५ रुपैयाँमा कारोबार चाँदी शुक्रबार पुनः घटेर एक हजार ३६५ रुपैयाँमा झरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend