logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डप्रति म सकारात्मक नै छु : माधव नेपाल

    प्रधानमन्त्री प्रचण्डप्रति म सकारात्मक नै छु : माधव नेपाल

    2.6K
    Shares
    प्रधानमन्त्री प्रचण्डप्रति म सकारात्मक नै छु : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

    सरकार कुन ढंगले अगाडि बढ्छ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो । शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको बताए ।

    अध्यक्ष नेपालले भने, ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन् । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अव यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अव विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीेले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ ।’

    अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । उनले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको बताए ।

    अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उनले जानकारी दिए । अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको इस्यूलाई उठान गरेर अघि बढने काममा आफ्नो पार्टीको ध्यान जाने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend